Pages

Monday, August 12, 2013

Things to remember on Ms-Word 2007 (Home Tab on Ribbon) for PSC Computer Operator Exam


यस लेखमा  Word Processing अन्तरगत Ms-Word मा सोध्न सक्ने केही मेनुहरुलाइ यहाँ समेट्ने प्रयास गरेको छु । Word 2003 मा मेनुमा भएका कमाण्डहरुलाई 2007 को Ribbon मा समेटिएको छ । झट्ट हेर्दा अप्ठेरो लागेपनि मलाइ चाहिँ 2007 नै सजिलो लाग्छ किनभने सबै कमाण्डहरुलाई Icon सहित विभिन्न Tab हरुमा राखिएकोले आफुलाइ चाहिएको Format Apply गर्न मेनुमा खोजिरहनु पर्दैन Tab मै रहेको Icon मा हेरेर नै पत्ता लगाउन सकिन्छ । यहाँ अहिले Word 2007 को Ribbon मा रहेको Home Tab मा सम्झनु पर्ने केही अप्सनको बारेमा देखाउने प्रयास गरेको छु ।



यस Tab मा प्राय: सबै अप्सनहरु बाहिरै राखिदिएको छ जस्तै Font Face, Font Size, Bold, Italic, Underline, Strike through  Subscript, Text Highlight Color, Font Color, Change Case, Increase and decrease Font Size आदि Font Group मा समेटिएको छ । बाँकी अप्सनको लागि Font Dialog Box (Ctrl+D)खोल्न Pop Up Arrow पनि राखिएको छ (चित्रमा नं. १ को गोलो घेरा) । यसमा क्लिक गरिसकेपछि अथवा सर्टकट कि प्रयोग गरिसकेपछि आउने Dialog Box मा Font Option त हामीले प्रयोग गरिरहेका हुन् यसबाट प्रश्नहरु सोधिए पनि हल गर्न सकिहालिन्छ



तर हामीले ध्यान नदिइरहेको Character Spacing Tab मा रहेका अप्सनहरु बारेमा अलि ध्यान दिनुपर्ने जरुरी देख्छु  (चित्रमा रातो बक्स भित्रका) । जहाँ Scale, Spacing Position अलि महत्वपूर्ण छन् ।
यसैगरी Home Tab मै रहेको अर्को महत्वपूर्ण कमाण्डहरुको समूह Paragraph हो जसमा Bullet & Numbering, Multilevel List, Decrease & Increase Indent, Border & Shading, Sort Paragraph Mark देखाउने तथा लुकाउने अप्सन राखिएका छन् । यसमा Line Spacing बाट पनि सोध्न सक्छ र अझ महत्वपूर्ण Multilevel list हो जसबाट न‌ंबरिङ गरिएको मा उप न‌ंबरिङ गर्न सकिन्छ जस्तै :-
1.       Software
1.1.    Word
1.2.    Excel
1.3.    PowerPoint
2.       Hardware
2.1.    Keyboard
2.2.    Mouse
यसैगरी थप Paragraph अप्सनहरुको लागि यसमा पनि Pop Up Arrow राखिएको छ (पहिलो चित्रको २ नं.  घेरो) जसमा सर्टकट कि उपलब्ध छैन । यसमा क्लिक गरिसकेपछि खुल्ने Dialog Box मा महत्वपूर्ण अप्सनहरु छन् । जस्तै Indents and Spacing Tab मा रहेका General Option मा Alignment Outline Level रहेको छ यस मध्ये Outline Level बाट विषय सुची(Table of Contents)को लागि उक्त Paragraph लाइ कुन लेभलमा राख्ने भन्ने सेट गर्न सकिन्छ । Indentation Option मा Left, Right Special रहेको छ जसबाट पेजको Margin बाहेक कति ठाउँ छाड्ने Set  गर्न सकिन्छ यसमा Special ले Indentation को Value Left, Right मा सेट गरिसकेपछि nnone छानेमा पुरै Paragraph लाई, First Line छानेमा पहिलो Line लाई, र Hanging छानेमा Set गरिएको Value पहिलो लाइन बाहेक दोस्रो लाइन देखि लागू गर्दछ । यो मैले अलि महत्वपूर्ण मानेको छु । Dialog Box मा रहेको Spacing Option अन्तरगत Before, After, Line Spacing रहेका छन् जसबाट Before ले Paragraph को पहिले (माथितिर) र After ले Paragraph पछि (तल तिर) कति खाली राख्ने भनेर Value Set गर्न सकिन्छ । Word 2007 मा टाइप गर्दै जाँदा प्रत्येक लाइन विच धेरै Gap देखिएको यसै Value ले गर्दा हो किनकि यसमा Default Value 10 राखिएको हुन्छ । यसलाइ 0 बनाइदिए धेरै ग्याप रहँदैन जुन Word 2003 मा Default Value हुन्छ । यसैगरी Line Spacing पनि Single, Double Multiple आदि Set गर्न सकिन्छ ।  



यसै Dialog Box को सबैभन्दा तल Tabs Button रहेको छ जहाँबाट Tab सम्बन्धी विभिन्न अप्सन Set गर्न सकिन्छ । त्यसबाट Tab Key थिच्दा कति छाड्ने भनि Default Value राख्न सकिन्छ यो Value Default 0.5" रहेको हुन्छ । यसैगरी कहिले काहीँ Line Insert Table प्रयोग नै नगरी टेबल जस्तै डिजाइन गर्नु परेमा Bar Style को Tab Border & Shading बाट गर्न सकिन्छ जस्तै :-

Tab Setting Dialog Box according above table

अन्तमा के भन्न चाहन्छु भने म यी कार्यमा विज्ञ भने छैन मैले जे सिकेको छु त्यही कुरा साथीहरु सँग बाड्न खोजेको मात्रै हो जसले तपाईहरुको तयारीमा केही भएपनि सहयोग गर्ने छ । Best of Luck !

3 comments:

  1. Thank u sir for info with great suggestions ......................................
    sir great job :)

    ReplyDelete
  2. Welcome Suman Jee, I will try to post other useful post on my experience...

    ReplyDelete