Pages

Tuesday, August 13, 2013

HTML Old Question Solution -Practical Question from Dhankuta Center 2068

यस Post मा 2068 सालमा धनकुटा सेन्टरबाट सोधिएको Practical Question मा रहेको HTML को प्रश्न समाधान गरिएको छ । प्रश्न सुरेश खनाल सरको ICTTrends ब्लगमा प्रकाशित भएको छ जुन माधव घिमिरे जी ले उहाँलाई पठाउनु भएको थियो र प्रश्न यसप्रकार थियो :-


Q5. Make a Frame-set webpage using by Notepad.

प्रश्न अनुसार हामीले Frameset Tag use गरी एउटा पेज बनाउनुपर्छ यसको लागि
४ वटा Html फाइल बनाउनुपर्ने हुन्छ किनकि तीन वटा त फ्रेमको लागि भैहाल्यो भने बाँकी एउटा मेन डकुमेन्टको लागि ।

तीनवटा Html फाइलको लागि त्यति धेरै मेहन नगरी सरासर Frame1, Frame2, Frame3, नाम राखेर बनाए पनि हुन्छ । जसको लागि Notepad Program मा यो कोड टाइप गर्न सकिन्छ ।

<html>

<h1> Frame 1 </h1>

</html>

यसलाई Frame1.html नाम राखी सेभ गर्ने र बाँकी २ वटा पनि  <h1> कोड भित्र Frame 2, Frame 3 लेखी सोही अनुसार Frame2.html र Frame3.html नाम राखी एउटै फोल्डरमा सेभ गर्ने । यसमा किन यतिमात्रै कोड राखियो त भन्दा परीक्षाको समय र प्रश्नलाइ ख्याल गरेर नै हो किनकि हामीले मुख्य देखाउनु पर्ने भनेको Frameset को डिजाइन र कोड हो । 

अब Frameset को Main Document डिजाइन तिर लागौँ । जसको लागि तल देखाइएको कोड Notepad मा टाइप गर्ने। 


<html>
    <frameset rows="25%,75%">
          <frame src="frame1.html">
    <frameset cols="25%, 75%">
         <frame src="frame2.html">
         <frame src="frame3.html">
   </frameset>
   </frameset>
</html>
माथि दिइएको कोडमा html को सुरु Tag र अन्त्य Tag भित्र frameset Tag राखिएको छ । यसमा पनि समयलाई ख्याल गर्दै Head, Title राखिएको छैन, प्रश्नले नमागेसम्म त्यतातिर नलागे पनि वेशै होला । अब frameset Tag सँगै प्रश्नमा दिइएको डिजाइन अनुसार तेर्सोमा Frame1.html राख्नुपर्ने र त्यसले ओगटेको भाग लगभग २५% जति देखाइएकोले frameset rows मा भ्यालु सेट गर्दा 25% र बाँकी तलतिरको भागमा 75% राखिएको छ । यसको अर्थ उक्त फ्रेमसेटले कति प्रतिशत पेजको भाग ओगट्ने भन्ने हो । frameset rows पछि Value मा %, pixel वा * प्रयोग गर्न सकिन्छ । त्यसपछि frame src Tag मा कुन Html File लाई Row मा राख्ने हो त्यसलाई छान्नु पर्छ, यहाँ frame src="frame1.html" राखिएको छ साथै Tab सँगै  Quotation Mark (" ") राख्न पनि भुल्नु हुँदैन । यसैअनुसार ठाडो Column को लागि frameset cols= मा पनि Row मा Value राखे जस्तै 25% र 75% राखिएको छ । यसमा Frame src मा दुइ ओटा राखिएको छ  किनभने प्रश्नानुसार हामीले ठाडोमा २ वटा फ्रेम देखाउनु पर्ने छ । यदि दुइभन्दा बढी Column मा फ्रेमसेट देखाउनु परे Cols पछि तीनवटा value राख्न सकिन्छ र तीनवटै frame src प्रयोग गर्न सकिन्छ । अब अन्तमा frameset tag  दुइपटक बन्द गरिएको छ किनभने हामीले माथि Frameset Tag जति पटक Start गरिएको छ त्यति नै पटक Close गर्नुपर्दछ । माथि देखाइएको कोड mail.html मा सेभ गरी हेर्दा प्रश्नमा दिइएजस्तै डिजाइमा देखिन्छ । परीक्षामा समय पुगेसम्म अन्य डिजाइन गरेपनि राम्रै हुन्छ । 

प्रशन अनुसारको Solution फाइलहरु तलको लिंकबाट डाउनलोड गर्न सक्नुहुन्छ । 
(Google Drive मा खुलेका सबै फाइल एकैपटक डाउनलोड गर्न Ctrl+S थिच्नुहोला ।)
Frameset का थप उदाहरण हेर्न यहाँ क्लिक गर्नुहोस ।


  

0 comments:

Post a Comment