Pages

Tuesday, August 13, 2013

HTML Practice File for Computer Operator Exam (all in one Zip)

यस Post मा म आफूले HTML Practice गर्दा बनाएको फाइलहरु जस्ताको तस्तै राखेको छु । सबै कोडहरुको बारेमा Post मा लेख्न धेरै समय लाग्ने भएकोले Html फाइल, Iत्यसमा प्रयोग भएका Image file र कोडहरु सबै एकै ठाउँमा zip गरी राखेको छु । खासगरी HTML मा पटक पटक सोध्न सक्ने भनेको Image Insert गर्ने, Table Create गर्ने, Hyperlink बनाउने, Bullet Numbering राख्ने, Frameset बनाउने,  जस्ता प्रश्नहरु हुन् । यिनीहरुको बारेमा तयारी गरे केही गर्न सकिन्छ तर यतिले मात्रै तयारी पुग्ने चाहि होइन त्यसैले सकेसम्म उत्कृष्ट तयारी गर्नुपर्छ किनभने त्यहाँ पास हुनेभन्दा पनि प्रतिस्पर्धा गर्ने हो । परीक्षा हलमा गइसकेपछि केही समय फोल्डर बनाउनको तथा फाइलहरु बनाउन र कम्प्युटर चेक गर्न छुट्याइएको हुन्छ । Desktop मा आफ्नो रोल नंबर नाम राखिएको
फोल्डर र त्यस भित्र आवश्यक फाइलहरु बनाउन लगाइन्छ (यसबारे पुरै जानकारी परीक्षा हलमा दिइन्छ) त्यसै बेला कुनै एउटा फोटोको फाइल पनि फोल्डरमा राखिहाल्नु पर्दछ ता कि पछि फोटो राख्ने प्रश्न आएमा समय खर्च नहोस्, साथै एउटा HTML File पनि बनाइहाल्नु पर्दछ जसमा कोड तल दिइएजति मात्रै राख्नु पर्दछ र पछि प्रश्नपत्र पाइसकेपछि प्रश्नानुसार थप्दै जानु पर्दछ ।

<html>
<head>  <title>.. .. </title> </head>
<body>


</body>
</html>

अहिले प्राय इन्टरनेट ब्राउजरका पछिल्ला भर्सनमा HTML को View Source बाट कोड सच्याउन नमिल्ने भएकोले सेभ गरिएको Html File मा Right Click गरी Open With मा गइ Notepad छान्नु पर्छ अथवा पहिले कोड तयार गरेको Notepad बन्द नगरी Minimize  गरेर राख्न पनि सकिन्छ ।

मैले राखेको फाइलहरुमा प्राय सबै समेट्ने प्रयास गरेको छु केही Mistake अवश्य हुन सक्छ्न मैले पनि प्रयास गरेको मात्रै हो । यसमा HTML मा सोध्न सकिने संभावित सबै कोडहरु समावेश गरेर बनाइएका फाइलहरु छन्¸ आशा छ यसले तपाईको तयारीलाई केही मद्दत गर्ने छ । कोडहरुमा भएको Mistake तथा कुनै द्विविधा भएमा अनलाइन छलफलको लागि तयार रहनेछु साथै यसकै अन्तमा कमेन्ट पनि छोड्न सक्नुहुनेछ । Best of Luck !


सबै समेटिएको .ZIP फाइल डाउनलोड गर्न तलको लिंकमा क्लिक गर्नुहोस् 
Google Drive मा खुलेका सबै फाइल एकैपटक डाउनलोड गर्न Ctrl+S थिच्नुहोला ।

3 comments:

  1. nice post Yogesh sir good job.
    please check the link of Download icon its now working...no downloading is happening.

    ReplyDelete
  2. Sloved for download link please check once..

    ReplyDelete