Pages

Friday, August 30, 2013

डाटा Level न‌ंबर Format मा दिएमा Excel Chart बनाउँदा ध्यान दिनुपर्ने कुरा

यस पोष्टमा मैले Ms-Excel मा Chart बनाउँदा Chart को लेबल Number Format मा िदिँदा ध्यान दिनुपर्ने कुराहरु राख्ने प्रयास गरेको छु । नमूना प्रश्न तल देखाइएको छ जुन मलाई Bhushan Giri जी ले उपलब्ध गराउनुभएको थियो ।

यस प्रश्नमा Year मा रहेको Data लाई सिधै Number Format मा टाइप गरियो भने
चार्ट बनाउन संभव हुँदैन किनकि  प्रश्नमा Year को डाटा X-Axis वा Y-Axis मा Label को रुपमा रहने भएकोले त्यसलाई Label नै बनाउनु पर्छ । सिधै टाइप गरेर Chart Insert गर्‍यो भने त्यसलाई पनि डाटाको रुपमा लिइदिन्छ र हामीले सोचेजस्तो Chart बन्दैन, त्यसैले Trick लगाउने भनेकै यही बेला हो । यहाँ दिइएको नंबरलाई Label को रुपमा टाइप गर्न Year मा रहेको प्रत्येक Cell मा Apostrophe (') बाट सुरु गरी टाइप गर्नु पर्दछ । यसरी Apostrophe सँगै टाइप गरिएको नंबरलाई Excel ले Label को रुपमा लिन्छ र Calculation गर्न Formula पनि लाग्दैन ।

प्रश्न अनुसार Bar र 3D Pie Chart बनाउनुपर्ने छ । Bar Chart को लागि A3 देखि E11 सम्मको डाटा रेन्ज छानेर Chart बनाउन सकिन्छ भने 3D Pie को लागि भने सबै डटाको संभव हुँदैन । त्यसैले Average को मात्रै Pie Chart बनाए पुग्छ । Pie Chart को लागि A3 देखि E3 सम्म Select गरी फेरी थप सेलेक्ट गर्न Ctrl कि थिचेर A12 देखि E12 सम्मको Range छान्नु पर्छ ।


माथिको प्रश्नानुसार समाधान गरिएको फाइल डाउनलोड गर्नको लागि तलको डाउनलोड लिंकमा जानुहोस् ।



2 comments:

  1. its a most a appreciateable labour. which helps as me, who are trying to be computer operator and who have interest

    ReplyDelete